कथा - दुइ वटा पानी बोक्ने घैला (jar ) हरुको
#भारतमा प्रचलित एउटा कथा। यो कथा दुइ वटा पानी बोक्ने घैला (jar ) हरुको हो। "एउटा गाउलेका दुइ वटा पानी बोक्ने माटाका घैलाहरु रहेछन। पानी बोक्ने धेरै समयको क्रममा एउटा घैला चुहिने भएछ तर पनि त्यस गाउले व्यक्तिले ति दुवै घैलाहरुलाई पानी बोक्ने काममा प्रयोग गरि नै रहयो। त्यस गाउलेले पानी सधै टाढामा भएको खोला बाट भएर ल्याउनु पर्ने रहेछ। यसरी पानी ल्याउने क्रममा चुहिने घैला बाट सधै आधा मात्र पानी घर सम्म आइपुग्दो रहेछ र आधा पानी चाही बाटोमा चुहिएर सिधिदो रहेछ। तर उता नचुहिने घैला बाट चाहिँ भरती पानी घर सम्म आइपुग्दो रहेछ। यसरी नचुहिने घैलालाई सधैँ भरती (टम्म भरिएको ) पानी घर सम्म पुर्याएकोमा ज्यादै घमण्ड हुदों रहेछ। तर त्यस चुहिने घैलालाई भने आधा मात्र पानी घर सम्म पुर्याएकोमा सधैँ लाजको अनुभब हुदों रहेछ। त्यसै क्रममा एक दिन त्यो चुहुने घैलाले उसको मालिक लाई लाज मानेर क्षमा को भिक् माग्दै भनेछ "मालिक, मैले तपाइलाई मेरो पुरा सेवा पुर्याउन नसकेकोमा म धेरै दुखीत् छु। म चुहिएको कारण तपाइलाई दिन पर्ने जति पानी ...