बासीलको गमला मेसीना निवासी तिन जना दाजु भाई हरु जो ब्यापारी थिए र उनीहरुले आफ्ना आमा बाबुको मृत्यु पश्चात पैतृक सम्पति प्राप्त गरेका थिए। तिनिहरुकी एउटी बहिनि थिइन् जसको नाम लिशबेट्टा थियो। तिनी राम्री,सुन्दरी थिईन तथापी तिनीहरुले उनलाई तुरुन्तै बिवाह गरिदिने विचार भने गरेका थिएनन। तिनीहरुले आफ्नो पसलको कार्यभार सम्हाल्नको लागी भनेर एक जना युवकलाई नियुक्त गरेका थिए, जसको नाम लोरेंजो थियो। लोरेंजोले सम्पूर्ण कार्यको व्यस्थापन गर्दथ्यो। ऊ आकर्षक पनि थियो र लिजाबेट्टाले उसलाई घरि घरि मोहित पारिदिने गर्थी भने लोरेंजो पनि उनलाई प्रभाव पार्न त्यस्तै किसिमले हेर्ने गर्थ्यो जस्तो लिजाबेट्टा गर्थी। यस प्रकार उनीहरु बिस्तारै एक आपसमा प्रेम गर्न थालिसकेका थिए। लिजाबेट्टा र लोरेंजो बिचको प्रेम क्रमस बिकसित हुदै गैरहेको थियो। उनीहरु एक आपसमा एकान्तका समयहरुमा भेटघाट गर्ने तथा प्रेमको आनन्दमय संसारमा रमाउने गर्न थालिसकेका थिए।...