सहि निर्णय - short story
एक जना यात्रु अत्यन्त बाक्लो जंगलको बाटो हिडीराखेका थिए। अध्यारो हुन् थालेको थियो र जंगलका चराचुरुंगीहरु आ- आफ्नो गुडमा फर्कन थालिसकेका थिए।
अचानक एउटा सुन्दर चरो डराएको अवस्थामा ति यात्रु छेउ मै झाडीमाआएर लुक्यो। यात्रुको मनमा त्यो सुन्दर चरो लाइ समातेर घरमा लाने सोच आयो।
त्यति नै खेर उनले देखे एउटा अर्को त्यस्तै सुन्दर चरो ज्यान बचाउन अर्को झाडी तिर पस्दै छ र उसको पछाडी एउटा स्याल लागेको छ।
आफ्नो अगाडी झाडीमा लुकी राखेको चरो लाइ समातेर घर लैजाने कि स्यालले खेदी राखेको अर्को चरोको ज्यान बचाउने भनेर त्यो यात्री दोधारमा पर्यो।
तर निर्णय भने तुरुन्तै लिनु पर्ने अवस्था थियो। पलभरको ढिलाईले मात्र पनि स्यालले त्यो अर्को चराको प्राण तमाम पारिदिने थियो। त्यति नै खेर त्यो यात्रीको आत्माबाट आवाज आयो।
"कर्तब्य सब भन्दा ठुलो कुरा हो। संकटमा परेको कसैको पनि जीवन रक्षा गर्नुको महत्व कुनै पनि लोभ अर्थवा महत्वकाक्षा भन्दा ठुलो हुन्छ"।
त्यस पछि उसले आफ्नो अगाडिको झाडीमा लुकेको चरालाई समातेर लाने मोह त्यागेर स्याललाई लखेट्न दौडियो र अर्को चराको जीवन रक्षा गर्यो।

Comments
Post a Comment