कथा - City (सहर) Maxim Gorky (Russian-Soviet Writer)


         

              "एउटा तन्देरी संगीतकार जसका काला आखा हरुले पर क्षितिज तिर नियाल्दै छन् र ऊ सुस्तरी भन्दै छ "यहि चिज हो जो मैले आफ्नो संगीतमा राख्न चाहेको छु।" 

"एउटा केटो ठुलो सहर तिर जादै छ फराकिलो सडकहरु हुदै।  उसको अगाडी लमतन्न पसारिएका ढुंगाका चाङहरु देखिन्छन जसले हल्का,सुस्त,थकित एवम दुखदायी आवाजहरु निकालिरहेका छन्।  टाढा  क्षितिज सम्म उसले नियालेर हेर्छ।  यस्तो लाग्छ मानौ सम्पूर्ण दृश्यहरु आगोको लप्कामा भस्म भैरहेका छन्।  

सुर्यास्त हुन् लागिरहेको छ र यसका किरण चर्च घरहरु,भिरालो छानाहरू तथा वेदर- भेनहरुमा ठोक्किएका छन् र परिणामत रातो चम्किलो उज्यालो परावर्तित भएको छ। " 

"यी काला बादलका किनाराहरु पनि आगोमा सल्किरहे झैँ लाग्दछन्।  यी गगन चुम्बी महलहरु पनि रातो आकाश माझ निस्तेज ठडिएका देखिन्छन।  सहरको बीच बिचमा सिसाका झ्यालहरु फाट्टफुट्ट टल्किएका देखिन्छन। बिक्षिप्त र बिचलित यो सहर, एउटा अन्त्यहींन युद्ध लडिरहेको छ सुख प्राप्तिको लागि।  

मानौ यो सहर यस्तो लाग्छ जुन रक्ताम्य भएको छ मृत्युको भयमा।  एक किसिमको कुण्ठा,ग्लानीको तातो सुस्क धुवा ओकलिरहेको छ। "

"केटो येति खेर साझ पखको उज्यालोमा सडकको किनारा हुदै अघि बढ्दै छ। जुन बाटो सोझै सहर तर्फ लक्षित छ।  यस्तो लाग्छ ऊ कुनै अज्ञात तर सक्तिशाली हातहरु बाट संचालित छ।  सडकका किनारमा उभिएका रुखहरु ब्याट्री सकिएपछि बल्न नसकेका टर्च लाईट जस्तै देखिएका छन्। यी रुखका भयेङ्करका काला फेदहरु गतिहीन एवं शान्त प्रतित हुन्छन एउटा चिर प्रतिक्षित पृ थ्बीको अगाडी। "

"आकाश यति खेर बादलले ढाकिएको छ, ताराहरु देखिएका छैनन्।  यो साझ मलिन,निस्तेज र शोकपूर्ण छ।  मात्र त्यही ठिटो जो यी बाटाहरु भएर हिर्दै छ, उसका हिडाईका हल्का पदचापहरु सुन्न सकिन्छ यी शान्त एवं सुस्त मैदानहरू माझ। " 

"रात प्रखर हुदै गैरहेको छ। उसले हिर्दै आएका बाटा तथा दृस्यहरु,जुन भागतिर बाट ऊ आएको थियो, क्रमश उसका अगाडि बिलाउदै बिलाउदै गैरहेका हुन्छन।" 

"रातका काला लप्काहरुले सहरका यी शान्त राता  एवं सेता महलहरु लाई क्रमश निल्दै गैरहेको छ।  बगैचाहरु,धुवा फाल्ने चिम्निहरु डाडा हरु बीच लमतन्न एव़ निराश भावमा पसारिएका देखिन्छन।  लाग्छ सिङ्गो बिश्व एउटा भयावह एवम त्रसित  मुद्रामा लुकामारी खेलिरहेको छ। "

"ऊ अझै पनि सुनसान वातावरण बीच गुज्रिदैछ,उही सुस्त गतिमा। एउटा सानो, एक्लो मान्छे उसका आखाहरू त्यहि सहर तर्फ लक्षित छन्। मानौ ऊ यी यस्ता कुराहरुको साक्षि हो जुन सहरका मानिसहरुले प्रतिक्षा गरिरहेका छन् र जहाँ पहेला तथा राता बत्तिहरु जो पहिल्ये बलिसकेका छन् र जसले एक प्रकारको दुखित स्वागत दर्शाई सकेका छन् उसलाई। "

सुर्यास्त हुन्छ।  गिर्जा घरका क्रश चिन्हहरु,वेदर- भेन हरु एवम छानाहरू सबै क्रमस: हराउदै जान्छन।  सहर यति  खेर सुनशान पृ थ्बीको गर्भमा सानो भन्दा सानो हुदै गैरहेको हुन्छ। 

"सहरको माथिल्लो भागमा हल्का सेतो बादल देखा पर्छ,हल्का चम्किलो,पहेलो हुस्सुले बाक्ला घरहरुलाई क्रमस: ढाक्छ।  सहर येतिखेर आगाका लप्काहरुमा सल्किएको एवं रगतमा भिजेको जस्तो देखिदैन। बांगा तिङ्गा  छाना र पर्खालका रातहरु माझ केहि अस्पस्टता एवम केहि रहस्यात्मकता देखिन्छ जस्तो कि सहरको निर्माण गर्ने सिल्पी सायद आफु भित्रका समबेदना,भावनाहरु बाट मर्माहत भएको हुनु पर्छ फ़लस्वरुप उसले आफुले के बनाउदै छ भन्ने कुरो नै बिर्सेछ र अन्तत उसको दुखद अन्त्य भएको छ। " 

"र सहर यसबेला जिवन्त छ, सुर्यको चहक पूर्ण ज्योतिमा आफु अभिमान पुर्बक उभिन चाहन्छ यो सहरमा। यसले स्वप्निल सुख भोगका चाहनाहरु सहितको आर्तनाद पनि गरेको छ र यस प्रकार यो आफ्ना सम्बेदनाहरुमा बिउझेको पनि छ। यसका आवाजहरु सुनसान मैदानहरुमा मधुरो संग गुन्जिएका पनि छन् जबकी कालो आकाशको हिस्सा भने धमिलो, अस्पस्ट यवं पिडाजन्य प्रकाशले भरिएको छ। "

"ठिटो रोकिन्छ, टाउको पछिल्लतिर फ़र्काउछ र टाढा टाढा सम्म साहस एवं कौतुहलता पुर्बक नियाल्छ र अन्तत पुन  छिटो छिटो गतिमा अघि बढ्छ।" 

"र अँधेरी रात ठिटोको काँन  नजिकै उसको आमा बनेर बिस्तारै गुनगुनाउछ।" 

"अब समय भैसक्यो, मेरो बालक।  तिमी जाऊ  अब। किनकी तिनीहरुले तिमीलाई नै पर्खदै छन्। "

"……………तर अब भने यसलाई संगीतमा उतार्न असम्भव छ ,"

तन्देरी संगीतकार सुस्तरी मुस्कुराउदै भन्छ। 

यसपछि उसले आफ्ना हातहरु जोडले अठ्याउदै  बिनम्र  तर दुखित स्वरमा भन्छ- 

"हे पबित्र इश्वोर कि आमा । आखिर उसले त्यहा के पाउछ ?"


कथा - सहर /लेखक - म्याक्सिम गोर्की / अनुवादक - प्रकाश थापा 

 


Comments

Popular Posts

कथा - दुइ वटा पानी बोक्ने घैला (jar ) हरुको

#बासिलको गमला / Story By Giovanni Boccaccio

Socrates and lazy man inspirational story in Nepali

सहि निर्णय - short story

Popular posts from this blog

कथा - दुइ वटा पानी बोक्ने घैला (jar ) हरुको