कथा - दुइ वटा पानी बोक्ने घैला (jar ) हरुको


#भारतमा प्रचलित एउटा कथा।  यो कथा दुइ वटा पानी बोक्ने घैला (jar ) हरुको हो। 


 


"एउटा गाउलेका दुइ वटा पानी बोक्ने माटाका घैलाहरु रहेछन।  पानी बोक्ने धेरै समयको क्रममा एउटा घैला चुहिने भएछ तर पनि त्यस गाउले व्यक्तिले ति दुवै घैलाहरुलाई पानी बोक्ने काममा प्रयोग गरि नै रहयो। 

त्यस गाउलेले पानी सधै टाढामा भएको खोला बाट भएर ल्याउनु पर्ने रहेछ। यसरी पानी ल्याउने क्रममा चुहिने घैला बाट सधै आधा मात्र पानी घर सम्म आइपुग्दो रहेछ र आधा पानी चाही बाटोमा चुहिएर सिधिदो रहेछ। तर उता नचुहिने घैला बाट चाहिँ भरती पानी घर सम्म आइपुग्दो रहेछ। यसरी नचुहिने घैलालाई सधैँ भरती (टम्म भरिएको ) पानी घर सम्म  पुर्याएकोमा ज्यादै घमण्ड हुदों रहेछ। 

तर त्यस चुहिने घैलालाई भने आधा मात्र पानी घर सम्म पुर्याएकोमा सधैँ लाजको अनुभब हुदों रहेछ।  त्यसै क्रममा एक दिन त्यो चुहुने घैलाले उसको मालिक लाई लाज मानेर क्षमा को भिक् माग्दै भनेछ "मालिक, मैले तपाइलाई मेरो पुरा सेवा पुर्याउन नसकेकोमा म धेरै दुखीत्  छु। 

म चुहिएको कारण तपाइलाई दिन पर्ने  जति पानी तपाइको घर सम्म पुर्याउन सकिन। " चुहिने घैला (गाग्रो ) को कुरा सुनेर त्यो मालिकले मुस्कुराउदै यसरी जवाफ दियो, "तिमीले कहिले थाहा गरेका छौ, तिमी  हिडेको ठाउँ तिर मात्र फूलहरु फुलेका छन् तर अर्को नचुहिने घैला हिडेको ठाउँ तर्फ भने कुनै फूलहरु फुलेका छैनन् "ति सबैको कारण मलाई थाहा थियो। 

तिमी  चुहिएको बाटोको किनारा तर्फ मैले फुलको बिउ छरे र जब मैले दिनहु त्यो बाटो भएर पानी ल्याउथे, त्यो बेला तिमीले त्यसमा पानी चुहाउथ्यौ  ।  गएको दुइ बर्ष बाट मैले ति फूलहरु टिपेर मेरो टेबलहरु सजाउन सकेको छु।  येदि तिमी नभएको भए ति फूलहरु प्राप्त गर्न असम्भव हुने थियो।  त्यो मालिकले बताएको रहस्यको कुरा सुनेर त्यो चुहिने घैला आनन्दले गदगद बन्यो। 

अन्तमा, हाम्रो जीवनमा पनि चुहिने आ-आफ्नै कारण र परिस्थितिहरु छन् होला। कसैले कसैलाई तुच्छ ठानेर हेलाको दृष्टिले नहेरौ। सबैको आफ्नो जिन्दगीको आफ्नो-आफ्नो दुखको सुखको कहानीहरु छन्। कसैलाई न्याय गर्ने काम तपाइको या मेरो होइन। 

साभार - लाजरस थुलुङ्ग 

Comments

Popular Posts

#बासिलको गमला / Story By Giovanni Boccaccio

Socrates and lazy man inspirational story in Nepali

सहि निर्णय - short story

कथा - City (सहर) Maxim Gorky (Russian-Soviet Writer)

Popular posts from this blog