#बासिलको गमला / Story By Giovanni Boccaccio

                                    





 बासीलको गमला 

मेसीना निवासी तिन जना दाजु भाई हरु जो ब्यापारी थिए र उनीहरुले आफ्ना आमा बाबुको मृत्यु पश्चात पैतृक सम्पति प्राप्त गरेका थिए। 

तिनिहरुकी एउटी बहिनि थिइन् जसको नाम लिशबेट्टा थियो। तिनी राम्री,सुन्दरी थिईन तथापी तिनीहरुले उनलाई तुरुन्तै बिवाह गरिदिने विचार भने गरेका थिएनन। 

तिनीहरुले आफ्नो पसलको कार्यभार सम्हाल्नको लागी भनेर एक जना युवकलाई नियुक्त गरेका थिए, जसको नाम लोरेंजो थियो। लोरेंजोले सम्पूर्ण कार्यको व्यस्थापन गर्दथ्यो।  

ऊ आकर्षक पनि थियो र लिजाबेट्टाले उसलाई घरि घरि मोहित पारिदिने गर्थी भने लोरेंजो पनि उनलाई प्रभाव पार्न त्यस्तै किसिमले हेर्ने गर्थ्यो जस्तो लिजाबेट्टा गर्थी। यस प्रकार उनीहरु बिस्तारै एक आपसमा प्रेम गर्न थालिसकेका थिए। 

लिजाबेट्टा र लोरेंजो बिचको प्रेम क्रमस बिकसित हुदै गैरहेको थियो। उनीहरु एक आपसमा एकान्तका समयहरुमा भेटघाट गर्ने तथा प्रेमको आनन्दमय संसारमा रमाउने गर्न थालिसकेका थिए। 

एकरात लिजाबेट्टा लोरेंजोको कोठामा प्रवेश गर्दै थिईन तर अकस्मात तिनको ठुलो चाही दाजुले त्यो दृश्य देखिहाले। 

यधपी उनको दाजुले त्येस बारेमा केहि बोलेनन र त्यस रातको उनीहरुको प्रेमालाप एक हद सम्म सफल रहयो। भोलि पल्ट बिहान उनले आफ्ना अन्य भाइहरु समक्ष लिजाबेट्टा र लोरेंजो बिचको अघिल्लो रातको घटनाको बारेमा स्पस्ट पारे। 

उनीहरु बीच यस बिसयलाई लिएर गम्भीर छलफल भयो फलस्वरूप उनीहरुले यस बिषयलाई गोप्य रुपमै सुल्झाउने अठोट गरे। यस पस्च्चात उनीहरुले लोरेंजो समेतलाई लिएर सहरमा मनोरंजन गर्न जाने कार्यक्रम बनाए। 

जब उनीहरु सहर देखि परको एउटा सुनसान क्षेत्रमा आइपुगे तब उनीहरुले आफ्नो लक्ष्य पुरा भएको महसुस गरे। र उनीहरुले पुर्व नियोजित कार्यक्रम अनुसार त्यस सुनसान स्थानमा लोरेंजोको हत्या गरेर उसलाई जमिन मुनि गाडिदिए। जुन कुराको अरुहरुलाई कुनै सुइँको सम्म थाहा थिएँन्। 

मसिना फर्के पछि उनीहरुले लोरेंजोलाई व्यापारको काममा बाहिर पठाएको कुरा बताए। अरुहरुले यस कुरामा सहजै विस्वास यसकारण गरेकी यस अगावै पनि पटक-पटक लोरेंजोलाइ उनीहरुले बाहिर पठाउने गर्दै आइरहेका थिए। तर जब लामो समयसम्म लोरिन्जो फर्केर आएनन तब लिजाबेट्टाले उसको बारेमा आफ्ना दाजुहरु संग धेरै पटक सोधिन्। 

जब उनले लोरेंजोको बारेमा बढी नै चासो देखाउन थालिन तब उनका दाजुहरु मध्य एउटाले भने, यसको मतलब ? लोरेंजो संग तिम्रो के सम्बन्ध छ जसको कारण तिमी उसको बारेमा यति धेरै जान्न चाहन्छौ ? यसबारेमा अब अरु बढी नसोध,अन्यथा हामी तिमीले सोचे अनुरुपको उत्तर दिन बाध्य हुनेछौ। 

लिजाबेट्टा ज्यादै पिडित थिईन। उनको हृदय दुखेको थियो। उनले त्रासको कारण यसबारे अरु केहि सोधिनन। तर थुप्रै चोटी सपनामा तिनले लोरेंजोलाई बोलाउथिन, उसलाई आफु नजिक आएर बस्न आग्रह गर्थिन,आखा भरि आसु पार्दै उसलाई बिदाई गर्थिन र सकेसम्म उसलाई छिट्टै फर्किन अनुरोध गर्थिन। 

लिजाबेट्टाले यसै गरि अनगिन्ती रातहरु रोएर बिताइन्। एक रात उनि रुदै रुदै निदाइन। लोरेंजो उनको सपनामा देखा पर्यो। उसका लुगाहरु च्यातचुत पारिएका थिए। 

अन्तत लिजाबेट्टाले सोचे जस्तो ऊ तिनीसँग बोलिहाले - लिजाबेट्टा यसरी सपनामा बोलाएर तिमी मलाई आफ्ना आसुहरुले दुखाउने नगर, बरु तिमीले यो थाहा पाई राख कि म अब तिम्रो सामु फर्केर आउन असमर्थ छु। किनकी जुन दिन हामीले अन्तिम पटक भेटेका थियौ ठिक त्यही दिन तिम्रा दाजुहरुले मेरो हत्या गरे। 

यसपश्चात उसले लिजाबेट्टालाई आफुलाई मारेर कुन ठाउमा गाडिएको छ भन्ने पनि बतायो र ऊ गायब भयो। लिजाबेट्टा जब सपना बाट बिउझिन, उनलाई यी सब कुरा विस्वास गर्न गाह्रो पर्यो र तिनी रुन थालिन्। 

जब उज्यालो भयो, तिनले यसबारेमा आफ्ना दाजुहरु संग केहि पनि बोल्ने साहस गरिनन्।  तिनले त्यस ठाउमा जाने निधो गरिन, जुन तिनले सपनामा देखेकी थिइन्। तिनी एउटा महिला संग बाहिर तर्फ लागिन जो केहि समय पहिले पहिल्यै उनीहरु संगै घरको काममा सघाउथिन। 

तिनीहरु छिटो छिटो त्यस ठाउँ तर्फ गए र उनीहरुले त्यस ठाउ वरपरका सुकेका पातहरु हटाए। लिजाबेट्टाले बिस्तारै जमिन खन्न लागिन। त्यति गहिरो नखन्दै उनले साच्चै आफ्नो आफ्नो मायालु लोरेंजोको शव भेतिहालिन र वास्तवमा त्यो दृश्य साचो थियो भन्ने कुरा विस्वास गर्न उनलाई अप्ठेरो परेन। 

उनलाई आफ्नो प्रियतमको शरीरलाई अंकमाल गर्न मन लागेको थियो तर यसो गर्नु अगावै उनले एउटा चक्कु निकालिन र लोरेंजोको टाउकोलाई उसको शरीर बाट अलग गरिन।  उनले लोरेंजोको टाउलाइ  कपडामा बेरिन र उनीसंगै गएकी महिलालाई राख्न दीईन। 

यस पश्चात तिनले लोरेंजोको शरीरलाई पूर्ववत माटोमै गाडीदीइन र तिनीहरु अरु कसैले देख्नु अगावै त्यस ठाउँ बाट हिडी हाले। घरमा आइपुगे पछि उनले आफ्नो कोठा बन्द गरिन र लोरेंजोको टाउकोको हरेक भागमा हजारौ पटक मायाले चुमिंन र लामो समयसम्म रोइरहीन। 

जसको फलस्वरूप लोरेंजोको टाउको उनको आसुले पूर्णत: भिज्न पुग्यो। त्यस पछि उनले त्यसलाई एउटा सफा कपडाले बेरिन र एउटा राम्रो गमलामा राखिन जसमा मार्जोराम अर्थवा बासील जातका बिरुवाहरु रोप्ने गरिन्थ्यो। 

उनले लोरेंजोको टाउको माथी माटो राखिन र त्यहा बासिलाका बिरुवाहरु रोपिदीइन र त्यसलाई या त् आसुले या गुलाफको अर्थवा सुन्तलाको रसले सिंचित गर्न सुरु गरिन र अक्सर तिनी बासिलाको त्यस गमला नजिक बसेर लामो समय सम्म रुने गर्थिन ताकी बासिलाको गमला उनको आसुले पुरै भिज्न सकोस। 

लिजाबेट्टाको नियमित हेरचाह, माटोको उर्वरापन,लोरेंजोको टाउकोको मलको कारण बासिलाको बिरुवा राम्रो संग हुर्कदै आयो र त्यसले मिठो सुगन्ध समेत छर्न थाल्यो।  

उनका छिमेकीहरुले लिजाबेट्टालाई अक्सर बासिलको गमला संगै बसेर रोइरहेको देख्ने गरेका थिए। लिजाबेट्टाका दाजुहरुले आफ्नी बहिनीको सुन्दरता खस्कदै गरेको देखेका थिए। 

उनीहरुलाई छिमेकीका मानिसहरुले भने, - हामीले तपाईकी बहिनीको दिनचर्या देखेका छौ कि तिनी हरेक दिन बासीलको गमला संगै बसेर रोइरहनछिन। 

यस पश्चात उनका दाजुहरुले उनि बाट बासिलको गमला पनि खोसेर लगे। तिनले दाजुहरु संग गमला फर्काइ दिन भनिन तर उनीहरुले लिजाबट्टा को अनुरोध इन्कार गरे। 

यस घटना पश्चात लिजाबेट्टा बिरामी परिन भने उता उनका दाजुहरुले भने बासील को गमला भित्र एउटा मानिसको टाउको भेट्टाए। उनीहरुले चिने कि त्यो लोरेंजोको टाउको थियो। उनि अचम्भित भए।  

त्यस पश्चात उनीहरुले लोरेंजोको टाउको लाई माटो मुनि गाडीदिए र उनीहरु मसिना बाट तुरुन्तै नेपल्स तिर भागी पनि हाले। लिजाबेट्टा बसीलको गमलाको खोजीमा धेरै समयसम्म भौतारिदै रोइरहिन र रुदा -रुदै अन्तत: उनको मृत्यु पनि भयो। 

  #बासिलको गमला / Story By Giovanni Boccaccio / अनुवादक - प्रकाश थापा 

Comments

Popular Posts

कथा - दुइ वटा पानी बोक्ने घैला (jar ) हरुको

Socrates and lazy man inspirational story in Nepali

सहि निर्णय - short story

कथा - City (सहर) Maxim Gorky (Russian-Soviet Writer)

Popular posts from this blog

कथा - दुइ वटा पानी बोक्ने घैला (jar ) हरुको