Socrates and lazy man inspirational story in Nepali
युनानको महान दार्शनिक पच्क्षिमी दर्सनको जनकहरु मध्ये एक मानिने सुकरात संग जोडिएका कैयौ कहानीहरु छन्, जसले आज पनि हामीलाई प्रेरणा दिने काम गर्छ !
इशा पुर्ब 469 एन्थेसमा जन्मिएका सुकरातको बिचारहरुले त्यति बेलाको समाजमा बदलावको ठुलो भूमिका निभाएको थियो !
उनको बिचार र कुराहरु संग डराएर उनलाई झुठो आरोप लगाएर फसाए पछि उनलाई मृत्यु दण्ड दिइएको थियो ! तर पछि गएर उनको कुराहरु र बिचारहरु धेरै प्रासंगिक साबित भयो ! तिनै सुकरातको प्रेरणा संग जोडिएका कहानीहरु मध्ये एउटा प्रेरणादायी कहानीलाई यहाँ प्रस्तुत गर्ने सानो प्रयास ........!
यो कथा त्यो समय एन्थेस मा बस्ने एउटा युवकको हो, जो युवक एकदमै अल्छी र कामको कुरालाई लिएर सुस्त किसिमको थियो। उसको सोच पनि नकारात्मक कुराहरुले भरिएको थियो र ऊ कुनै पनि काम मन लगाएर गर्दैनथ्यो।
यस्तैमा कसैले एकचोटी उसलाई सुकरात संग भेट्ने सल्लाह दियो। युवकले त्यो मानिसको कुरा मानेर सुकरातलाई भेटन निधो गर्यो र भेटन गयो।
युवकले सुकरातलाइ भेटेर सोध्यो कि ऊ विद्वान,समृद्ध र सफल व्यक्ति बन्न चाहन्छ तर यसको लागी सहि बाटो या उपाय के हुन् सक्छ ? उसको कुरा सुनेर सुकरातले भने, के तिमी साच्चै यस्तो चाहन्छौ ? र यो सब हासिल गर्न के तिमी आफैलाई यसमा होम्न्न चाहन्छौ ?
सुकरातको कुरा सुनेर त्यस युवकले भन्यो, हो म आफ्नो जीवनमा सफल हुन् चाहन्छु र यसको लागि म सब थोक गर्न सक्छु।
सुकरातले युवकको कुरा सुनेर उसलाई अर्को दिन आउन भने र अर्को दिन युवक फेरी सुकरात लाइ भेटन पुग्यो। सुकरातले उसलाई नदि तिर लियर गए ! उनले त्यस युवकलाई नदीमा केहि पर गएर पानीमा उभिनलाइ भने र जब सम्म म फर्किन भन्दैन तब सम्म त्यहि बस्न लगाए।
युवकले त्यसै गर्यो र पानीमै उभि रहयो। केहि समय पछि सुकरात पनि त्यही नदीमा पुगे र अचानक युवकको टाउकोमा हाथले समाएर पानीमा डुबाई दिए !
पानीको भित्र युवकको टाउको पसे पछि उ सास लिनलाई एकदमै छटपटाउन थाल्यो र हात खुट्टा यताउति चलाउन लाग्यो !
केहि समय पछि सुकरातले उसको टाउको बाट आफ्नो हाथ हटाए पछि, त्यो युवक पानीबाट बाहिर आयो ! पानी भित्र धेरै समय भएकोले युवक बेहोस जस्तो भएको थियो !
केहि समय पश्चात युवकलाई होश आए पछि सुकरातले उसलाई सोधे कि जब तिमी पानी भित्र थियौ तब तिमीलाई सबै भन्दा बढी के हासिल गर्ने तिब्र इच्छा थियो ?
युवकले भन्यो, म बस सास लिन चाहन्थे !
युवकको कुरा सुनेर सुकरातले भने, जब तिमी यहि छटपटाहतको साथमा ज्ञान र सफलता चाहन्छौ, तब तिमीले पक्कै पनि हासिल गर्ने छौ !
सुकरातको यो कुरा सुने पछि युवकले बुझ्यो ! उसले यो बुझ्यो कि जीवनमा सफल हुनको लागि मनमा बेचैनी र तिब्र इच्छा हुन् जरुरी छ !
कुनै पनि चिजलाई पाउनको लागी या हासिल गर्नको लागी अत्यधिक इच्छा र त्यस प्रति पुरा निष्ठा भयो भने असम्भव कुरा पनि सम्भव बनाउन सकिन्छ !
#हिन्दी to नेपाली translate by सृजना पुन

Comments
Post a Comment