"The Alchemist" – आत्मखोजको अद्भुत यात्रा

सपना पछ्याउँदै आत्माको आवाज सम्मको कथा 

लेखक : Paulo Coelho  | नेपाली  सारांश  एवं अनुवाद : Srizanaa 

सुरू गरौं एउटा प्रश्नबाटके तपाईंले कहिल्यै आफ्नो सपना पछ्याउनु भएको ?
के तपाईंलाई लाग्दैन, जीवनमा हामी सबै भित्र कतै गहिरो रहस्य लुकेको हुन्छ, जुन भेट्नका लागि हामी संसारभर भौंतारिन्छौं?

आज तपाईंलाई सुनाउँदैछु एक यस्तो केटाको कथा, जसले आफ्नो सपना पछ्याउँदै गर्दा पायो आफ्नै आत्माको आवाज।

स्पेनको अन्डालुसियामा, सान्तियागो भन्ने गोठालो केटा बस्थ्यो। बाख्रासँग रमाउँथ्यो, किताबहरू पढ्थ्यो, बारम्बार एउटै सपना देख्थ्यो। त्यो सपना उसलाई भन्थ्यो, “मिस्रको पिरामिड नजिक तिमीलाई एउटा खजाना पर्खिरहेको छ।सपना यति बलियो थियो कि यसको पछाडि लाग्ने निर्णय गर्छ। बाख्रा बेचेर, आँट बटुलेर, अज्ञात यात्रामा निस्कन्छ।

तर जीवन जस्तै, सपनाको बाटो पनि सजिलो थिएन। अपरिचित शहरमा धोका खान्छ, निराश हुन्छ, तर हार मान्दैन। एउटा क्रिस्टल पसलमा काम गर्न थाल्छ, धेरै कुरा सिक्छ। त्यस क्रममा एक दिन मरुभूमिमा पुग्छ, जहाँ उसले फातिमा नामकी केटीलाई भेट्छ। फातिमा सँग माया गर्न थाल्छ महसुस गर्छ सपना मात्र होइन, माया पनि यात्रा हो।

तर अझै उसको यात्रा बाँकी थियो। एक अल्केमिस्ट सँग भेट्छ, जसले तत्त्वलाई रूपान्तरण गर्न सक्ने साधक हो। अल्केमिस्टले उसलाई भन्छ, “तिमी जहाँ पायौ प्रेम, त्यहीं साँचो अर्थ लुकेको हुन्छ। तर साँचो माया गर्नु भनेको उसलाई छोडेर पनि आफ्नै सपना पूरा गर्न जानु हो।

सान्तियागो अन्ततः पिरामिडमा पुग्छ, तर त्यहाँ उसलाई खजाना भेटिँदैन। बरु केही लुटेराहरूले उसलाई कुट्छन्। तीमध्ये एकले हाँस्दै भन्छ, “ पनि सपना देख्थें, स्पेनको एउटा पुरानो चर्चमा गाडिएको खजाना। तर सपना पछ्याएर मुर्ख बन्न चाहिनँ।” 

त्यो सुनेर सान्तियागो चकित हुन्छ। त्यो चर्च सुत्ने ठाउँ थियो। त्यस क्षण बुझ्छ खजाना सधैं त्यहीँ थियो, जहाँबाट हिँडेको थियो। यात्रा उसले गर्नुपरेको थियो, ताकि आफैंलाई चिन्न सकोस्।

हामी सबै सान्तियागो हौं। कहिलेकाहीँ हामी सुख अर्थ खोज्दै धेरै टाढा पुग्छौं, तर अन्त्यमा थाहा हुन्छ, सुख हाम्रो भित्रै थियो। सपना पछ्याउने यात्रा भनेको आफैंलाई चिन्ने यात्रा हो।

Paulo Coelho को “The Alchemist” यही सिकाउँछ
हामी सबैसँग एउटा Personal Legend (व्यक्तिगत उद्देश्य) हुन्छ।
जब हामी त्यसलाई इमान्दारीपूर्वक पछ्याउँछौं, ब्रह्माण्ड नै हाम्रो पक्षमा लाग्छ।


– By Srizanaa

#TheAlchemist #JourneyWithin #SoulfulReads #NepaliReflection #SrizanaaShare


Comments

Popular Posts

कथा - दुइ वटा पानी बोक्ने घैला (jar ) हरुको

#बासिलको गमला / Story By Giovanni Boccaccio

Socrates and lazy man inspirational story in Nepali

सहि निर्णय - short story

कथा - City (सहर) Maxim Gorky (Russian-Soviet Writer)

Popular posts from this blog

कथा - दुइ वटा पानी बोक्ने घैला (jar ) हरुको